सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

पाेखरा | मंसिर २७, २०८२

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

पोखरा:  सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ ।


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् ।


सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए ।


शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरे । 


सो अवसरमा उनले गण्डकी टेनिसले टेनिसमार्फत बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोले बैंकले सहकार्य गरेको बताए । उनले सहभागि बालबालिकाहरुको उज्जवल भविष्यको कामना गर्दै बैंकले आफ्नो सहकार्यलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाए ।


गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थको अध्यक्ष्तामा भएको कार्यक्रममा संघका सचिब लक्ष्मण बरालले समेत आफ्ना भनाई राखेका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्